कर तिर्ने सवालमा सरकारको आलोचना गर्नु गलत : मन्त्री गुरुङ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र २७, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र २६,पोखरा । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कर तिर्ने सवालमा सरकारको आलोचना गर्नु गलत भएको बताएका छन् ।

‘करका विषयमा हामी किन नकारात्मक ढंगले बुझ्छौं,’ अर्थमन्त्री गुरुङले व्यवसायीलाई प्रश्न गरे, ‘कर नलिए राज्यको ढुकुटीमा पैसा कहाँबाट आउँछ ?’

होटल संघ नेपालले पोखरामा गरेको कार्यक्रममा मन्त्री गुरुङले राज्यको ढुकुटी बलियो नभएसम्म कोही पनि बलियो हुन सक्दैन भने ।
कर तिर्ने हो भने आधा भ्रष्टाचार अन्त्य हुने भन्दै अर्थमन्त्री गुरुङले भने, ‘कर छल्न पाए हामी खुसी हुन्छौं । कर छल्न कर्मचारीसँग मिल्नुपर्‍यो, घुस दिनुपर्‍यो ।’

ताजा अपडेट

खोजी गर्नुहोस