असोज ५,काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न थालेको छ । इन्धन ढुवानीमा असयोग गर्नेको साँचो खोस्न मातहतको निकायलाई निर्देशन दिएको र प्रहरीसँग पनि समन्वय भइरहेको निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले जानकारी दिए ।
उनका अनुसार ट्याङकर चालक र इन्धन ढुवानीकर्ताले तत्काल ढुवानी नथाले निगम आफैँले कडा सुरक्षाकाबीच ढुवानी थाल्नेछ । त्यसका लागि निगमले आफैँले ६० जना चालकलाई तयारी अवस्थामा राखेको छ ।
यस्तै निगमले अब आफैँले ढुवानीका लागि ट्याङकर किन्ने तयारी गरेको निगमका निमित्त कार्यकारी निर्देशक शुसिल भट्टराईले बताए ।
चालकले पेट्रोलियम पदार्थको ढुवानी रोकेसँगै काठमाडौं उपत्यकासहित देशभरको पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ ।