असोज ६, रामेछाप । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ नागीमा शुक्रबार आयोजित आवास पुनःनिर्माण हस्तान्तरण कार्यक्रममा उहाँले दिगो विकासको लक्ष्य पूरा गर्न प्रशस्त बजेटको व्यवस्था गरिएको जानकारी दिए। मन्त्री ढुङ्गेलले प्रदेश नं ३ मा कृषिलाई प्राथमिकता दिई सोही अनुरुप बजेट विनियोजन गरिएको बताए ।
एक फरक प्रसङ्गमा उहाँले लिखु ३ र ४ जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा ल्याएर उज्यालो नेपाल अभियानमा सहभागी हुनुपर्ने बताउँदै विद्युत्को प्रचुर सम्भावना बोकेको नेपालले विद्युत् उत्पादन गरी युरोपलाई बेचेर धनी बन्न सक्नेछ भने।
सामुदायिक विकास समाजसँगको साझेदारीमा गैरसरकारी संस्था मिडियरले लिखु तामाकोशी गाउँपालिका–३ र ४ मा एक हजार २६ भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको हो भने २०४ घर निर्माणाधीन छन् ।