तेलका ट्यांकर काठमाडौंमा आउन थाले ! अब निगमले २ सय आफ्नै ट्यांकर राख्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन ६, शनिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज ६,काठमाडौँ । ४ दिनदेखि रोकिएको तेलका ट्यांकर काठमाडौंमा आईपुग्न थालेका छन् । ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि शुक्रबार सरकारले सेनाका चाकलहरुलाई नै भारतीय डिपोमा ट्यांकर लिन पठाएको थियो ।

शुक्रबार साँझ सहमति भए पनि त्यसअघि नै सरकारले सेनाका चालकलाई ट्यांकर लिन पठाएको थियो । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार सेना पठाएपछि ट्यांकर चालकहरूले आफैं ट्यांकर चलाउन तयार भएका थिए । उनले यसपटकको आन्दोलनबाट पाठ सिक्दै अब निगमले २ सय आफ्नै ट्यांकर राख्ने पनि बताए, जसले अप्ठेरो अवस्थामा ढुवानी गर्नेछन् । अब सेनाले पनि थप ट्यांकर किन्ने भएकाले अवस्था सहज हुँदै जाने निगमले बताएको छ ।

‘आजबाट आपूर्ति सहज भइसकेको छ । भद्रकाली पेट्रोल पम्पमा आज बिहान मेरो कुरा भएको थियो । त्यहाँ आज लाइन छैन, सहज छ भन्नुभएको छ । राष्ट्रपतिको सवारीका कारण सुरक्षाकर्मीले पुल्चोकको साझा पेट्रोल पम्प केहीबेर बन्द गराए छन्, केहीबेरमा हामी त्यसलाई खोल्न लगाउँछौं, त्यहाँ पनि सहज नै हुन्छ,’ उनले भने,’अहिले सबै मुभमेन्ट भइसक्या छ । अब विस्तारै सहज हुन्छ । उपभोक्ताहरु आत्तिनुपर्ने अवस्था छैन ।

इन्धन ढुवानी रोकिएको खबर सार्वजनिक भएपछि बिहीबार र शुक्रबार पेट्रोल पम्पहरुमा लामो लाइन लाग्यो । अभाव अझै पनि हटेको छैन । थोरै लिनेले पनि धेरै लिन थालेपछि असहज जस्तो स्थिति देखिएको निगमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस