दसैँको लागि अग्रिम टिकट बुकिङ खुल्ला

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन ९, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ९, काठमाडौं । यातायात व्यवसायीहरुले दसैँका लागि मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।

सरकारले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेसँगै व्यवसायीहरु अग्रिम टिकट बुकिङ गर्न तयार भएका हुन् । सरकारसँग सोमबार भएको सहमति अनुसार मंगलबार बिहान ९ बजेदेखि अग्रिम टिकट बुकिङ सुरु गर्न लागिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर्न आफूहरुले माग गरेको भए पनि सरकारले भाडा वृद्धि गरिदिएर आफूहरुलाई केही राहत प्रदान गरेको महासंघका महासचिव सिटौलाले बताए ।

यात्रुको मागलाई ध्यानमा राखेर सवारी साधन व्यवस्थापन गरिने सिटौलाको भनाई छ । यसअघि व्यवसायीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजसहित उचित भाडा समायोजन गर्नुपर्ने माग सम्बोधन नभएसम्म दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने बताउँदै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस