असोज १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट असोज १२ गते शुक्रबारबाट बजारमा पठाउने भएको छ । १२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई वितरण गरिनेछ भने २१ गतेदेखि सर्वसाधारणलाई दिइने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार दसैंका लागि करिब ६३ अर्बका नयाँ नोट बजारमा पठाइनेछ । एकजनाले २७ हजारसम्म साट्न पाउनेछन् । काठमाडौंको हकमा सर्वसाधारणले थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न पाउनेछन् ।
अन्य जिल्लाका सर्वसाधरणले भने नजिकैको बैँकबाट नयाँ नोट साट्न पाउनेछन् ।