गुणस्तरहीन वस्तु बिक्री गर्ने दुई सय व्यावसायिक फर्म तथा उद्योगविरुद्ध मुद्दा दर्ता !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन १२, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौं । उपभोक्तालाई गुणस्तरहीन दैनिक उपभोग्यवस्तु बिक्री–वितरण गर्ने दुई सय व्यावसायिक फर्म तथा उद्योगविरुद्ध सरकारले मुद्दा दर्ता गरेको छ ।

मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने अखाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग, कम्पनी, फर्मलाई कारबाही गर्न मुद्दा दर्ता गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

चाउचाउ, पानी, चिया, मसला, क्यान्डी, दूध, मिठाइ, पाउरोटी, दाल, बेसन, बिस्कुट, भुजिया कम्पनीविरुद्ध मुद्दा दायर गरेको विभागको भनाइ छ । विभागले बजार अनुगमनका क्रममा लिएका नमूना खाद्य ऐन विपरीत मिसावट, न्यून गुणस्तर र दूषित भेटिएपछि कारबाही अघि बढाएको विभागले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस