नेपाल–भारत द्धिपक्षिय वार्ता : नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन १२, शुक्रबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज १२,काठमाडौँ । अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् ।

नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उहाँका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच आज राजधानीमा भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा त्यस्तो सहमति भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्यास बुलेटले नै एलपिजी ग्यास ढुवानी गर्ने दुई पक्षीय सहमति भएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस