विदेशी विनिमय सञ्चिती किन घट्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन १४, आईतबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १४,काठमाडौँ । चालु आर्थिक वर्ष (२०७५/७६) को पहिलो महिना (साउन) मा विदेशी विनिमयको सञ्चिती घटेको छ । असार मसान्तको तुलनामा ०.९ प्रतिशतले विदेशी विनिमय सञ्चिती घटेको हो । साउन मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूसँग १० खर्ब ९२ अर्ब ८७ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा बैङ्क तथा वित्तीय संस्थाहरूसँग छ ।

जसमा अमेरिकी डलर ९ अर्ब ८० करोड रुपैयाँ रहेको छ । अमेरिकी डलरको सञ्चितीमा अघिल्लो महिनाको तुलनामा (असार) २.८ प्रतिशतले कमी आएको हो । अघिल्लो महिना १० अर्ब ८ करोड रुपैयाँ सञ्चिती थियो ।

अहिले राष्ट्र बैङ्क तथा अन्य बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्राको सञ्चितीले ९.२ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने नेपाल राष्ट्र बैङ्कले भनेको छ ।

कुल विदेशी मुद्रा सञ्चितीमध्ये नेपाल राष्ट्र बैङ्कसँग ९ खर्ब ८९ अर्ब ४० करोड रुपैयाँ छ भने राष्ट्र बैङ्क बाहेकको बैङ्क तथा वित्तीय संस्थासँग १ खर्ब २७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

राष्ट्र बैङ्कसँग रहेको विदेशी मुद्राको सञ्चिती २.४ प्रतिशतले घटेको हो भने अन्य बैङ्क तथा विदेशी मुद्राको सञ्चितीमा भने १२. ७ प्रतिशतले वृद्धि भएको हो । यद्यपि, कुल विदेशी मुद्राको सञ्चिती भने साउन महिनामा घटेको हो । कुल सञ्चितीमध्ये भारतीय मुद्राको हिस्सा भने २३.५ प्रतिशत रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस