डिभीको आवेदन आज खुल्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन १७, बुधबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौं । सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आज खुल्दैछ ।

नेपाली समयअनुसार बेलुकीबाट आवेदन खुला हुने काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने दूतावासले प्रष्ट पारेको छ ।

डिभी चिठ्ठा भर्नका लागि आवश्यक्ता अनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै दुतावासले रकम तिरेर कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ ।

आफै डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन् ।

डिभी भर्ने म्याद आगामी कार्तिक २० गतेसम्मका लागि तोकिएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि डिभी चिठ्ठा कार्यक्रम बन्द हुने हल्ला चले पनि उहाँको कार्यकालमा दोस्रो पटक डिभी खुलेको हो ।

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यो वर्ष प्रयोग गर्न नपाईने अमेरिकी दुतावासले जनाएको छ । अनलाइनमा उल्लेख भएको फोटो सम्बन्धी नियमलाई पूर्णत: पालना गर्न र डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न समेत दुतावासले आग्रह गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस