बैंकहरुलाई सुनको कोटा दैनिक २५ किलो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन १८, बिहिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौं । बैंकहरुले दैनिक २५ किलो सुन आयात गर्न पाउने भएका छन् । बजारमा मागअनुसार आपूर्ति हुन नसकेपछि राष्ट्र बैंकले दैनिक आयातको कोटा बढाएको हो ।

सुन माग बढी हुने सिजन (भदौदेखि मंसिरसम्म) का लागि मात्र कोटा बढाइएको हो । नयाँ व्यवस्थाअनुसार ०७५ मंसिर मसान्तसम्म बैंकहरुले दैनिक २५ किलो सुन आयात गर्न पाउनेछन् ।

हाल बैंकहरुले दैनिक २० किलोका दरले सुन आयात गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस