असोज १९, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले जनकपुर–जयनगर रेलमार्ग निर्माण कार्यलाई तीव्रता दिन आग्रह गरेका छन् ।
रेलमार्गको विहिबार निरीक्षणपछि भारतीय राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय राजदूतसहित भारतीय विदेश मन्त्रालयका अधिकारीको टोलीले विहिबार जनकपुरदेखि वैदेही स्टेशनसम्म (करीब १० किलोमिटर) निर्माण कार्यको निरीक्षण गरे।
निरीक्षणका क्रममा भारतीय राजदूत पुरीले रेलमार्गको निर्माणको बाँकी कार्य, भवन निर्माण, रंगरोगनको कार्य दु्रतगतिमा सम्पन्न गर्न आग्रह गरेको रेल विभागका इञ्जिनियर विनोद ओझाले जानकारी दिए।
रेल विभागले सन् २०१८ भित्र रेल सञ्चालनको लक्ष्य राखेको छ । रेलमार्गको निर्माण कार्य भारतीय इर्कन कम्पनीले गरिरहेको छ । पहिलो चरणमा जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म रेल सञ्चालनको तयारी रहेको छ । चौँतीस किलोमिटरको जनकपुर–कुर्था खण्डमा १७ किलोमिटरसम्म सफल रेल परीक्षण भइसकेको जनाइएको छ ।