किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली भारतबाट पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन १९, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौं । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो ।

प्रहरी स्रोतले उनी भारतबाट पक्राउ गरेको पुष्टि गरे पनि विस्तृत जानकारी भने दिएको छैन ।

६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए ।

०७३ असाेज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएकाे थियाे । अदालतले फैसला सुनाए पनि फरार रहँदै आएका ज्ञवाली २ वर्षपछि भने प्रहरीको फन्दामा परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस