धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट, नेपाल टेलिकम अग्रस्थानमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन २०, शनिबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २०,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ ।

बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १४ अर्ब ३० करोड बराबरको रहेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकम बजार पूँजीकरणका आधारमा अग्रस्थानमा रहन पुगेको स्टकले जनाएको छ ।

यस्तै दोस्रोमा नविल बैंक लिमिटेड रहेको छ । सो बैंकको रु ७५ अर्ब ८८ करोड बराबरको बजार पूँजीकरण मूल्य रहेको छ । तेस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको रु ६८ अर्ब बराबरको बजार पूँजीकरण मूल्य रहेको छ ।

चौथोमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको छ । त्यसको रु ५५ अर्ब २७ करोड, पाँचौँमा रहेको एभरेष्ट बैंकको रु ५० अर्ब ६४ करोड ९५ लाख बराबरको बजार पूँजीकरण रहेको छ ।

यस्तै हिमालयन बैंकको रु ४३ अर्ब ८१ करोड, नेपाल लाइफ इन्स्योरेन्सको रु ४१ अर्ब, नेपाल एसबीआई बैंकको रु ३९ अर्ब ५९ करोड, एनआइसी एसिया बैंकको रु ३४ अर्ब १३ करोड र एनएमबी बैंकको रु ३० अर्ब ६० करोड बराबरको बजार पूँजीकरण रहेको छ ।

स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको शेयर मूल्यका आधारमा उत्कृष्ट दश कम्पनी छनोट गरेको हो । शेयर बजारमा गिरावट आए पनि केही कम्पनीको शेयर मूल्य भने तुलनात्मकरुपमा घटेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस