काष्ठमण्डप पुनर्निर्माणमा ५ करोड थप

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन २८, आईतबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाडौं । ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपियाँ उपलब्ध गराएको छ ।

मेयर विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई ५ करोड रुपियाँ चेक प्रदान गरेका हुन्।

करिब ३ महिनाअघिदेखि शुरू भएको काष्ठमण्डप पुनर्निर्माण कार्यलाई अघि बढाउन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको  छ ।

यसअघि गएको जेठ २९ गते ५० लाख रुपियाँ उपलब्ध गराइएको थियो । मेयर शाक्यले देशको सम्पत्तिका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणलाई निरन्तरता दिन रकम हस्तान्तरण गरिएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस