हुम्लामा जनता बैंकको ३ शाखाबाट कारोवार सुभारम्भ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ आश्विन २८, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक ,हुम्ला । नेपाल सरकारको सबै स्थानीय तहमा बैंक शाखा पु¥याउने योजनालाई आत्मसाथ गर्दै जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकै साथ कारोवार सुभारम्भ गरेको छ ।

हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार सुरु गरिएको हो । अन्य शाखाहरु जस्तै यि शाखाहरुबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा सुरु गरिएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका जनताहरुलाई देशको अन्य क्षेत्रसँग वित्तीय संजालमा जोड्न यि शाखाहरु महत्वपूर्ण हुनेछन् । साथै हाल सम्म मोटर बाटोको पहुँच नपुगेको यि दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ्ग सेवाले केही सहजता प्रदान गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

यि शाखाहरु समेत गरी जनता बैंकको देश भरीमाशाखा सञ्जाल १२६ पुगेको छ । यि शाखाहरु अतिरिक्त बैंकले ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर, २ सिमित बैंकिङ इकाई र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस