डलरको मुल्यमा गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक ३, शनिबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज ३,काठमाडौ । अमेरिकी डलरको भाउ शनिबार थोरै घटेको छ । डलरको भाउ आज ९८ पैसाले घटेको हो ।
राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकेको छ ।

हिजो १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ६ पैसा थियो । केही दिनयता बढिरहेको अमेरिकी डलरको भाउ आज थोरै घटेको हो । डलरको भाउ बढ्दा नेपालमा विदेशबाट आयात हुने सामान महँगो हुने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस