वैदेशिक रोजगारमा रहेका श्रमिकका लागि पेन्सन र लगानी कोषको व्यवस्था हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक ७, बुधबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कात्तिक ७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ ।

सरकारले कम आय भएका कामदारलाई स–साना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रम सचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदलसमेत गठन गरी काम सुरु गरिसकेको छ ।

कामदारको पेन्सन र लगानीका विषयमा कानुनी संयन्त्र बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको नेतृत्वमा राष्ट्र बैंकका डेपुटी गभर्नर, कर्मचारी सञ्चय कोषका प्रमुख, अर्थ मन्त्रालयका सहसचिव लगायत सम्मिलित कार्यदल बनिसकेको छ । सो कार्यदलले अन्तर्राष्ट्रिय अभ्यास, कानुनी सम्भावना र संरचना हेरेर काम अघि बढाउने तयारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस