सुनको भाउ ६ वर्ष यताकै महंगो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक ८, बिहिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कार्तिक ८,काठमाडौँ । सुनको भाउ ६ वर्ष यताकै महंगो भएको छ । आज सुन तोलाको ६० हजार ४ सय रुपैयाँमा पुगेको छ । यो २०६९ साल भदौ पछिकै सबैभन्दा महंगो हो ।

त्यतिबेला सुन तोलामा ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । गएको एक महिनामा सुनको भाउ चार हजार रुपैयाँले बढेको छ । यो वर्ष लागे पछि सुनको झण्डै ५ हजार रुपैयाँले बढ्यो ।

गएको वैशाख महिनामा ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा त्यसपछि निकै उतारचढाव आयो । गएको साउन ३० गते तोलामा ५६ हजार रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार ४ सय रुपैयाँमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन महंगिएकाले नेपाली बजार पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार सुनको भाउ आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस १२ सय ३८ डलर छ ।

यो दसैंमा प्रतिऔँस १२ सय २१ देखि १२ सय ३० डलरको हाराहारीमा रहेको भाउ हिजोदेखि बढ्न थालेको हो । हिजो भन्दा आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ६ डलरले बढेको शाक्यले बताए । अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने देखिएको पनि उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस