तीनवटा प्रदेशमा नमूना गाई फार्म खोल्ने तयारी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक १४, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तिक १४, काठमाडौं । गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ ।

चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ ।

प्रदेश सरकारले गाई पालनका लागि आवश्यक प्रक्रिया पूरा भएको भन्दै सहयोगका लागि चीनसँग सम्झौता गर्न पत्राचार गरिसकेको छ । वैदेशिक सहयोग भित्र्याउन संघ सरकारबाट अनिवार्य स्वीकृति लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

दैनिक ३० लिटर दूध दिने होलिस्टेन जातको उन्नत गाई ल्याउन लागिएको छ । यो गाई सर्वाधिक दूध दिने जातको मानिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस