जनता बैँकको भारतबाट रेमिट्यान्स सेवा संचालन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक १४, बुधबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक १४ ,काठमाडौँ । ‘‘नेपाली जनताको बैंक, जनताबैंक’’भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पु¥याउदै आएको यस जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ । ‘‘जनता रेमिट’’मार्फत आन्तरिक तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा पु¥याउदै आएकोमाअब देखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्नेछन् ।

एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबिच हालै भएको संझौता अनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् ।

रेमिट्यान्स कारोवारको लागिएक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरुमार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ । एक्सिस बैंकबाट जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२६ शाखाको अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ ।

जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गरिनेछ ।

जनता बैंकले देश भरीमा १२६ शाखा सञ्जाल,४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस