पुष्प मेलाको आज अन्तिम दिन, फूल हेर्न जान छुट्ला है!

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक १८, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक १८, ललितपुर । ललितपुरको जावलाखेलमा जारी १२ औँ गोदावरी पुष्प मेलामा पुष्पप्रेमीको घुईँचो लागिरहेको छ । मेलाको तेस्रो दिन शनिबारसम्म ५० लाखको बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।

मेलाको अन्तिम दिन आइतबार पनि आगन्तुक ठूलो मात्रामा आउने अपेक्षा छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड लागेको आयोजकले जनाएको छ । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष राखिएका छन् ।

प्रदेश नं ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो ।

‘रोपेर फूल गोदावरी सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूल बिक्री भएको मेला संयोजक मीनबहादुर तामाङले जानकारी दिए ।

नेपाल निजी नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पुष्प व्यवसाय गत आर्थिक वर्षको अन्त्यसम्ममा ४३ जिल्लामा बिस्तार भएको छ ।

आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा ६९७ व्यवसायीले पुष्प व्यवसाय गरिरहेका छन् । सो व्यवसायले आव २०७४/७५ मा रु एक अर्ब ८६ करोड बढीको कारोवार गरेको संयोजक तामाङको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस