भक्तपुरमा खुल्यो खुशी प्लाजा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक १९, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कात्तिक १९, काठमाडौं । भक्तपुरको च्याम्हासिंहस्थित ब्रम्हायणी रोडमा आइतवारदेखि खुशी प्लाजा सञ्चालनमा आएको छ । प्लाजाको एक समारोहबीच स्थानीय ज्येष्ठ नागरिक एवम् बाद्यगुरु लक्ष्मीनारायण कुसीले आफ्नो ८८औं जन्मदिनको अवसर पारी उद्घाटन गरेका हुन् । प्लाजामा दुईओटा भवन छन् । प्लाजा दुई रोपनी क्षेत्रफलमा फैलिएको सञ्चालक लक्ष्मीप्रसाद कुसी बताउँछन् । प्लाजाभित्र १८ ओटा पसल कवल छन् ।

१ करोड रुपैयाँ लागतमा निर्माण भएको त्यस प्लाजा कृष्णगोपाल कुसी र लक्ष्मीप्रसाद कुसीले संयुक्त रूपमा सञ्चालनमा ल्याएका हुन् । प्रशस्त पार्किङसहितको उक्त प्लाजा मध्यमवर्गीय जनता लक्षित गरी सञ्चालनमा ल्याएको हो । कुनै पनि दिन बिदा नहुने उक्त प्लाजा बिहान ५ देखि बेलुकी ८ बजेसम्म नियमित रूपमा चल्ने सञ्चालकको भनाइ छ ।

प्लाजामा सभाहलसहितको कार्यक्रमस्थल निर्माणलाई भावी योजनामा राखिएको छ । प्लाजाभित्र भोजनालय, रेडिमेट जेन्स, लेडिज तथा बालबच्चाका पोशाक तथा जुत्ताका आइटम राखिएका छन् । त्यस्तै ब्यूटी पार्लर, मोबाइल, सिलाइ, ब्याग तथा मासुका पसल प्लाजामा रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस