‘अहिलेको अवस्थामा अरुण तेस्रोप्रति सरकार सन्तुष्ट छ’ : अर्थमन्त्री खतिवडा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक १९, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कार्तिक १९,संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभामा निर्माणधीन रहेको बहुचर्चित अरुण तेस्रोको अहिले नै रिभ्यू गर्ने बेला नभएको संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले बताएका छन ।

सोमबार सदरमुकाम खाँदबारीमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री खतिवडाले निर्माणधीन अरुण तेस्रोको बारेमा तत्कालै रिभ्यू गर्ने बेला भइनसकेको बताएका हुन ।

अरुण तेस्रोको निर्माण कार्य चलिरहेको र कार्यप्रगति भइरहेको हुँदा तत्कालै त्यसको बारेमा पुनरावलोकन गर्ने भन्दा पनि कार्यप्रगतिको आधारमा सरकारले सहयोग गर्नु पर्ने उनको भनाई थियो । अहिलेको अवस्थामा अरुण तेस्रोप्रति सरकार सन्तुष्ट रहेको समेत मन्त्री खतिवडाले बताए ।

राष्ट्रिय गौरवको जलबिद्युत्त आयोजनास्थलसम्म सडक पहुँच मार्ग राम्रो बनाउन सरकारले २०६६ सालमा नै नीतिगत निर्णय गरेको अर्थमन्त्री खतिवडाको भनाई थियो । उनले भने, ‘स्थानीय नागरिकको समेत पहुँच बढाउदै लैजाने र जलविद्युत्तको आयोजनास्थलसम्म मध्य पहाडी लोकमार्गले छुवाएर लैजाने गरी नीति बनाएको स्मरण गर्दै त्यसबीचमा छिटो–छिटो सरकार परिवर्तन हुँदा कार्यान्वयन हुन नसकेको हो ।’

अरुण तेस्रो जलविद्युत्त आयोजनालाई लक्षित गरेर कोशी राजमार्गको विस्तार भए पनि आयोजनास्थलसम्म पुग्ने सडकको अवस्थामा राम्रो नहुँदा आयोजना प्रभावित हुन सक्ने प्रति स्थानीयहरुले चिन्ता व्यक्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस