धनतेरसमा सुन ४० किलो, चाँदी ५०० किलो बिक्री

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक २०, मंगलबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

कात्तिक २०, काठमाडौं । यो वर्षको धनत्रयोदशीका दिन झण्डै ४० किलो सुन र पाँचसय ५० किलो चाँदीको व्यापार भएको छ । धनत्रयोदशीलाई सुन तथा चाँदीका सामान किन्ने दिन मानिन्छ ।

यो दिन सुन तथा चाँदीको व्यापार अरु दिनभन्दा दोब्बर भए पनि गत वर्षभन्दा कम भएको छ ।

अचेल सामान्य दिनमा सुन २५ किलो हाराहारी बिक्री भइरहेको छ । चाँदी दुई सय ५० किलोसम्म व्यापार भइरहेको छ ।

धनत्रयोदशीमा अरु दिनभन्दा दोब्बर भए पनि गत वर्षको तुलनामा कम नै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । विगतमा यस दिन ५० किलोसम्म सुन बिक्री हुने गर्थ्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस