अनलाइन कारोबार प्रणाली शुरु गरेकै दिन नेप्सेको वेभसाइटमा समस्या

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक २०, मंगलबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक २०,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले आजबाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेकै दिन नेप्सेको वेभसाइटमा समस्या देखिएको छ ।

होटल याक एण्ड यतिमा आयोजित भव्य समारोहकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उद्घाटन गरेकै दिन नेप्सेको वेभसाइटमा डाटा नदेखिने समस्या देखिएको हो ।

मंगलबार सेयर कारोबार भइरहे पनि नेप्सेको वेभसाइटमा डाटा भने देखाएको छैन । मार्केटडेप्थबाट हेर्न सकिने कम्पनीको सेयर मूल्य, किन्न तथा बेच्नका लागि गरिएको अर्डर लगायतका डाटाहरु नेप्सेको वेभसाइटमा देखिएका छैनन् ।

प्राविधिक समस्याका कारण डाटाहरु नदेखिएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए ।

उनले भने, ‘टेक्निकल समस्या देखिएको हो, टेक्निकल विषयमा मलाई ज्ञान छैन ।’ समस्या समाधानका लागि प्राविधिकहरु खटिरहेको जानकारी दिदै चाडै समस्या समाधान हुने प्रवक्ता पराजुलीले बताए ।

आजमात्रै नेप्सेले पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुचारु गरेको छ । नेप्सेले चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै अनलाइन प्रणाली शुरु गर्ने भने पनि पूर्ण रुपमा सञ्चालन गर्न भने सकेको थिएन ।

यो प्रणाली शुरु भएसँगै अब सेयर लगानीकर्ताहरुलाई ब्रोकर कार्यालय धाईरहनु पर्ने बाध्यता हटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस