चैतसम्ममा सितापाईला-धार्के वैकल्पिक मार्गको निर्माण सकिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक २४, शनिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

परिवर्तन देवकोटा ।
कात्तिक २४, काठमाडौं । काठमाडौं । उपत्यका भित्रने र बाहिरीने सवारी साधनका कारण कलंकी–नौबिसे सडकखन्डमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पीक सडकको रुपमा सितापाईला–धार्के सडकखन्ड निर्माण भैरहेको छ ।

कहिले सवारी चाप त कहिले विग्रिएको सवारी साधनको कारण घन्टौंसम्म हुने सडक जामलाई व्यवस्थित गर्न र सहज सवारी आवागमनका लागि सरकारले सितापाईला–धार्के सडकखन्ड निर्माणगरी सवारी चलाउने अन्तिम तयारी गरेको हो ।

करिव ३ वर्षअघि अर्थात् विसं २०७२ साउनबाट निर्माण सुरु भएको यो सडक अहिलेसम्म ४५ प्रतिशत निर्माण सम्पन्न भएको छ । सडक विभागका अनुसार विसं २०७४ साउनदेखि सडक विस्तारको पहिलो पटकको म्याद सकिएको छ । तर, पनि अहिलेसम्म म्याद थपभने गरिएको छैन ।

अहिले ग्राभेललगायतका काम भएका छन् । अब सडक कालोपत्रे गर्ने तथा अन्य स्टक्चरहरु निर्माणको काम बाँकी रहेको छ ।
काठमाडौंको सितापाइलादेखि धादिङको धार्केसम्म २४ किलोमिटरको दुरीमा रहेको यो सडकमा कहिले स्थानीयको अवरोध, कहिले ठेकेदारको ढिलासुस्तीजस्ता समस्याका कारण सडक विस्तार समयमै सम्पन्न हुन नसकेको सडक विभागका इन्जिनियर नविन अधिकारी बताउँछन् ।

‘हामीले सक्दो छिटो काम गरिरहेका छौं, करिब–करिब ४५ प्रतिशत काम पुरा भएको छ । अधिकारीले भने ।

कार्यालय नै खारेजी

सडक विभाग अन्तर्गत २ नम्बर डिभिजन कार्यालय मातहतमा सितापाईला–धार्के सडकखन्ड निर्माण भैरहेको थियो । सरकारले गत साउन १ गतेदेखि २ नम्बर डिभिजन कार्यालयलाई खारेज गरी १ नम्बर डिभिजन कार्यालयबाट नै सडक विस्तारको काम गर्ने निर्णय गरेपछि सडक विस्तारको काम थप प्रभावित बनेको छ । साउन महिनादेखि अहिलेसम्म यो सडकखन्डमा कुनैपनि काम भएको छैन ।

‘यो सडकखन्डमा ग्रावेलको काम भैरहेको थियो । सरकारले कार्यालय खारेजपछि अहिले कुनैपनि काम भएको छैन’ इन्जिनियर अधिकारीले भने ।

अब उक्त सडकखन्ड निर्माणको सबै काम डिभिजन १ ले गर्छ । अहिले ग्राभेललगायतका काम भएका छन् । अब सडक कालोपत्रे गर्ने तथा अन्य स्टक्चरहरु निर्माणको काम बाँकी रहेको छ ।

स्थानीयको आफ्नै माग

सितापाईला–धार्के सडक निर्माणको क्रममा स्थानीय स्तरमा धेरैनै विवादहरु उत्पन्न भएका छन् । स्थानीयबासीको आ–आफ्नै माग र सरकारको आफ्नै अडानका कारण पनि विवाद सुल्झन निकै समय लागेको थियो ।

अझैपनि यो सडकखन्ड निर्माणका क्रममा अनेक समस्या निस्कने गरेको छन् । अहिले स्थानीयले आफुहरुको घरको अन्डरग्राउन्डदेखि नै पर्खाल उठाईदिनुपर्ने माग गर्दै आएका छन् । यो कुरामा नगर विकास सहमत हुन सकिरहेको छैन ।

इन्जिनियर अधिकारीका अनुसार नगर विकासले गर्नुपर्ने विभिन्न कामहरु जस्तै, विजुलीको पोल मिलाउनेदेखि अन्य कामहरु हुन सकिरहेको छैन ।

चैतसम्ममा निर्माण सक्ने दावी

सडक विभागले यो सडक ६ महिना भित्रमा सकिने दावी गरेको छ । ग्रावेल लगायतका काम सकिएको र अब मुख्य काम कालोपत्रे मात्रै बाँकी रहेकाले आगामी चैतसम्ममा यो सडक निर्माण सम्पन्न हुने विभागका इन्जिनियर अधिकारी बताउँछन् ।

सडक निर्माणका क्रममा आएका धेरै बाधाहरु हटाउन सकिएका अबको ६ महिना अर्थात् चैतरबैशाखभित्रमा यो सबै काम सम्पन्न हुन्छन् । वैकल्पिक रुपमा यो सडक सञ्चालनमा आएपछि यात्रुहरुलाई सास्ती नहुने अधिकारी बताउँछन् । उनका अनुसार, विजुलीको पोल सार्ने, सडकवरीपरीका रुखहरु काट्ने, पर्खालहरु निर्माण गर्नेलगायतका कामहरु गर्न नगरपालीकाले साथ दिनुपर्ने पनि उनले बताए ।

सडक निर्माणमा ठेकेदारले अहिलेसम्म राम्रो साथ दिएकाले अब पनि चैतसम्ममा सडक निर्माण सक्नेगरी काम गर्नुपर्नेमा उनले जोड दिए । मेरोअटोसँगको कुराकानीमा, उनले ठेकेदारले लक्ष्यअनुसारको काम गर्नेमा विश्वाससमेत व्यक्त गरे । मेरोअटो

ताजा अपडेट

खोजी गर्नुहोस