नेपाल वायुसेवा निगमलाई आर्थिक संकट, जारी गर्‍यो श्वेतपत्र

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ कार्तिक २९, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक २९,काठमाडौँ । नेपाल वायुसेवा निगमले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

बिहीबार श्वेत्रपत्र जारी गर्दै नेपाल वायुसेवा निगमले तत्कालै आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको हो । निगमका अध्यक्ष मदन खरेलले वाइडबडी विमान खरिदसँगै निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरिएको स्पष्ट पारे ।

वाइडबडी विमानको व्यावसायिक योजना अनुसार सञ्चालन नभएसम्म त्यो कमीलाई पूर्ति गर्न तत्कालै नेपाल सरकारबाट आर्थिक सहायता आवश्यक भएको निगमको भनाई छ ।

निगमले विमानलाई तिर्नुपर्ने कर्जा ३२ दशमलब ८७ अर्ब रहेकाले पनि नगद प्रवाहमा संकट आइपरेको पनि स्पष्टिकरण दिएको छ । अध्यक्ष खरेलले यो आर्थिक संकट भने अस्थायी रहेको पनि जानकारी दिए ।

चार महिनाभित्र वाइडबडी विमानले जापान, दक्षिण कोरिया, चीन र साउदी अरेबियाको उडान भर्ने र त्यसपछि निगमले अधिकतम मुनाफा आर्जन गर्ने अध्यक्ष खरेलको भनाई छ ।

निगमले सीमित स्रोत, साधानका कारण बेलाबेला आफ्नो सेवामा बाधा आउने गरेको पनि श्वेतपत्रमार्फत् जानकारी दिएको छ । अध्यक्ष खरेलले निगमको सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणहरुको उचित व्यवस्था गर्नुपर्ने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस