उदय कृषि बहुउदेश्यीय सहकारी सँस्थाको ११औँ बार्षिक साधारणसभा सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर १, शनिबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

सन्तोष सुवेदी
मंसिर १,धादिङ । उदय कृषि बहुउदेश्यीय सहकारी सँस्थाको ११औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । धादिङको धुनिबेशि नगरपालिका भरी सेवा बिस्तार गरि काम गर्दैआएको यस सहकारी सँस्थाले बिषेशत कृषि क्षेत्रमा काम गर्दै आएको छ ।

शनिबार सम्पन्न सधारणसभामा प्रमुख अतिथीका रुपमा धुनिबेशिनगरपालिका प्रमुख बालकृष्ण आचार्य रहनुभएको थियो । यसैगरि बिषेश अतिथीमा जिल्ला सहकारी सँघका अध्यक्ष नेत्रराज पौडेलले रहनुभएको थियोभने अतिथीमा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति सिताराम कोईराला रहेका थिए ।

 दुई सहकारी एक अर्कामा मर्ज

आजको ११औँ बार्षिक साधारणसभामा दुई सहकारी एक अर्कामा मर्ज भएका छन् । धुनिबेशि नगरपालिका ५ मा अबस्थित उदय कृषि बहुउदेश्यीय सहकारी सँस्था र चण्डेश्वरी बहुउदेश्यीय सहकारी सँस्थाहरु आजबाट एक भएर अगाडी बढेका छन् ।

साधारणसभामा बोल्दै सहकारीका अध्यक्ष बासुदेव बास्कोटाले यस सँस्थाले कृषिको क्षेत्रमा काम गर्दै आएको बताए । अबको समयमा एक घर एक टनेल कार्यक्रमलाई पनि अगाडी बढाउने उनले बताए ।
प्रमुख अतिथीका रुपमा आएका धुनिबेशि नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले धुनिबेशि नगरले लिएको नियमलाई दुई सहकारीले पालना गर्दै एक भएर देखाएकोमा प्रशंसा गरे । साथै उनले नगरपालिकाले युवा लक्षित कार्यक्रम पनि लिएर आएको बताए । नगरपालिकाभित्र बसोबास गर्ने १ सय जना युवा उद्यमीलाई १ लाखका दरले ऋण सहकारीवाट प्रदान गरिने बताए ।
बिषेश अतिथीका रुपमा आएका जिल्ला सहकारी सँघका अध्यक्ष नेत्रराज पौडेलले स्थानिय तह अनुसार अब सहकारीले आफ्नो गतिबिधी सञ्चालन गरि अगाडी बढ्न आग्रह गरे । सहकारी ऐन २०७४ लाई आधार मानेर सहकारीले आफ्नो उदेश्य अनुसार काम गर्नुपर्ने बताए ।२०६५ सालमा स्थापना भएको यस सहकारी सँस्थाले कृषि क्षेत्रमा काम गर्दै आएको छ ।

मल्डुङ कृषि सहकारी सँस्थाको ७औँ बार्षिक साधारणसभा सम्पन्न

मल्डुङ कृषि सहकारी सँस्थाको ७औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर २ सिम्ले साबिकको भुमेस्थान गाबिसमा रहेको सहकारीले आज ७औँ साधारणसभा कार्यक्रम नवज्याती आधारभुत बिद्यालय थाक्रे गाउँपालिका ३ मा सम्पन्न गरेको हो ।

साधारणसभा कार्यक्रममा प्रमुख अतिथीका रुपमा रामकुमार आचार्य रहेका थिए भने बिषेश अतिथीमा गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेती र प्रयास नेपाल धादिङका ब्यबस्थापक प्रदिप श्रेष्ठ रहेका थिए । २५ सामुदायिक सँस्थाहरु आबद्धछा रहेको यस सहकारी गरिवी निवारण तथा प्रयास नेपालको साझेदारीमा गठन भएको हो । यसले साबिकको भुमेस्थान गाबिसमा रहेका सम्पुर्ण क्षेत्रलाई कार्यक्षत्र बनाएर काम गर्दै आएको छ । गाउँ बस्तीका समुहरुमा रकम हिनामिना हुन नदिन यस सहकारीले सबैलाई सहकारीमा आबद्धता गराई काम गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा आउनुभएको थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले महिलाहरु मिलेमा धेरै अधुरा काम पनि सफल बनाउन सकिने बताए । महिलाहरुलाई कुनै पनि कामको जिम्मेवारी दिँदा उनीहरुले काम पुरा गरेर छाड्ने बताए । महिलाहरुको यस कार्यमा गाउँपालिकाले गर्नुपर्ने सबै काम पुरा गरेर छाड्ने समेत बताउनु भयो । यस सहकारीको आफ्नै भवन नभईरहेको अबस्थामा अबका दिनमा जग्गा छनौट गरेर बिस्तारै फड्को मार्दै अगाडी जानुपर्ने बताए । यसमा गाउँपलिकाले जस्तोसुकेै काम गर्न पनि तयार रहेको बताए ।

कार्यक्रममा बिषेश अतिथीका रुपमा उपाध्यक्ष अम्बिका रुपाखेतीले महिला भएर जुनसुकै काम गर्न डराउनु नहुने बताईन । उनले थाक्रे गाउँपालिकाबाट बैदेशिक रोजगारीमा गईरहेको युवाहरुलाई गाउँमै स्वरोजगार बनाउनतिर अग्रसर हुनुपर्ने समेत बताईन ।

हाल यस सहकारी सँस्थामा ४ सय ४९ जना शेयर सदस्यहरु रहेका छन् । यसमा रु ४ लाख २५ हजार रकम शेयरबाट प्राप्त भएको र यो रकम रु ५७ लाख भने आय आर्जनको पाटोमा लगानी गरिएको छ ।

आय आर्जन अन्तर्गत पशुपालन,तरकारी खेती लगायतका लगानी गरिएको मल्डुङ कृषि सहकारी सँस्थाकी सचिव तथा गैरी टोल सामुदायिक सँस्थाकी सचिव ललिता तामाङले जानकारी दिईन ।

ताजा अपडेट

खोजी गर्नुहोस