सुनको मूल्यमा उच्चदरले वृद्धि !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर १८, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १८,ककाठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज रु ६०० ले बढेर प्रतितोला रु ५८ हजार ३०० मा कारोवार भएको छ ।

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ ।

आइतबार प्रतितोला रु ५७ हजार १०० मा कारोवार भएको तेजावी सुन आज रु ९०० ले बढेर रु ५८ हजारमा कारोवार भएको छ । केही दिन स्थिर रहेको चाँदी आज रु २० ले बढेर रु ७२० मा कारोवार भएको छ ।

महासङ्घले आज १० ग्राम सुनको मूल्य रु ४९ हजार ९८५ कायम गरेको छ । त्यस्तै १० ग्राम चाँदीको रु ६०९ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस