जनता बैँकको विशेषज्ञ संचालकमा सैंजु नियुक्त

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर १८, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको मीनाकुमारी सैंजुलाई संचालकमा नियुक्त गरिएको छ । निजलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो । संचालक समितिका अध्यक्ष श्री केशवबहादुर रायमाझीले उनलाई पद तथा गोपनियताको सफथ ग्रहण गराए ।

बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेको श्री सैजु नेपाल बैंक लिमिटेडबाट बि.सं. २०६९ मानायब महाप्रबन्धकपदबाट सेवानिबृत्त भएकी हुन । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्ने सैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्त हुने जनता बैँकले विश्वास लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस