काठमाडौंका यी ९ स्थानमा चार महिना भित्र ट्राफिक लाईट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर २४, सोमबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

परिवर्तन देवकोटा:

मंसिर २४, काठमाडौं  । उपत्यका भित्र २१ चोकहरुमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया अगाडि बढेको सडक विभाग अन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाले जनाएको छ ।

विभागले सुरुमा उपत्यकाका व्यस्त नौ चोकहरुमा ट्राफिक लाइट राख्ने प्रक्रिया सुरु गरेको सडक सुरक्षा तथा ट्राफिक शाखाका सिनियर डिभिजनल इन्जिनियर दिप बाराहीले मेरोअटोलाई बताए ।

विभागले राजधानीको सिंहदरबार, बागबजार, कालीमाटी, तिनकुने, मित्रपार्क, पद्मोदय मोड, थापाथली, गौशला र पूरानो बानेश्वरमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया सुरु गरेको छ ।

अब करिब चार महिनामा ट्राफिक लाइट जोड्ने काम सक्नेगरी विभागले प्रजिल कन्स्ट्रक्सनसँग सम्झौता गर्न लागेको बाराहीले जानकारी दिए । यी लाईट व्यवस्थापनमा विभागले नेपालकै दक्ष प्राविधिकहरुको प्रयोग गर्ने छ ।

यसअघिका लाइट व्यवस्थापन गर्न विदेशी प्राविधिकहरु खटिएका थिए भने मेसीनरी काम पनि विदेशबाटै भएको थियो । विदेशीले बनाएका यी लाइटहरुमा अपरेसन समस्या आइरहेकाले बाल्न नसकिएको उनले दाबी गरे ।

‘अब हामी नेपाली जनशक्ती र प्रविधिको प्रयोगबाट उपत्यकामा ट्राफिक लाइट जडान गर्छौ’ बाराहीले भने ।

नयाँ वर्षमा बन्ला ट्राफिक लाईट ?

विभागले यसअघि नै उपत्यकाको महाराजगञ्ज र नयाँ बानेश्वरमा नेपाली प्राविधिकले तयार पारेका ट्राफिक लाईट राखेर सफल परिक्षण गरिसकेका छन् । यी दुई स्थानमा संचालनमा आएको लाईट हेर्दा नेपाली प्राविधिकले गरेको काममा समस्या छैन ।

अब अन्य ९ स्थानको बत्ति बनाउने जिम्मा नेपाली कम्पनीलाई दिने अन्तिम तयारी भएको छ । ठेक्का दिएको करिब चार महिनामा नै काम सकिने इन्जिनियर बाराहीले दाबी गरेका छन् ।

‘अबको चार महिनामा राजधानीका चोकहरुमा ट्राफिक लाईट बल्नेछन् । यी ९ स्थानमा ट्राफिक लाइट बल्न थालेपछि अन्य स्थानमा पनि काम सुरु गर्ने छौ’ बाराहीले भने ।

सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि राजधानीमा ट्राफिक लाइट व्यवस्थापन गर्न १ करोड ५० लाख विनियोजन गरेको छ । अहिले औषतमा एक स्थानको ट्राफिक लाईट निर्माणमा करिब १५ लाख हाराहारीमा खर्चहुने अनुमान गरिएको छ ।

मेरोअटो

ताजा अपडेट

खोजी गर्नुहोस