चीनले बुझायो रेलमार्ग प्रतिवेन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर २५, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसि २५, काठमाडौं । चीन सरकारले रसुवागढी -काठमाडौँ रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिएर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

चाइना रेल्वे फस्ट सर्भे एण्ड डिजाइन इन्टिच्युटको प्राविधिक टोलीले गत जेठमा करुङदेखि काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गरेको थियो। यो खबर आजको कारोबार दैनिकले छापेको छ।

एकसाता अध्ययन गरी तीन महिना लगाएर प्रतिवेदन तयार पारिएको हो।

सोमबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको नेपाल -चीन रेल सहकार्य सम्बन्धी तेश्रो बैठकले सो प्रतिवेदनलाई अन्तिम रुप दिएसँगै नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस