मंसिर २५, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सञ्चालक समितीको २६७ औं बैठक सोमबार सम्पन्न भएको छ ।
बैठकले आर्थिक वर्ष २०७४÷०७५ मा बैंकले प्राप्त गरेको मुनाफा रु. १,००,२७,७९,५५१ को वितरण योग्य मुनाफा रु ६८,६०,६२,८०३ मध्येबाट मिति २०७५ असार मसान्तमा कायम रहेको बैंकको चुक्ता पुँजी रु. ८,००,०७,८५,९२५ को ८.५० प्रतिशतले हुन आउने रकम रु. ६८,००,६६,८०३.२५ नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले प्रस्ताव गरेको नगद लाभाँश रकम नेपाल राष्ट्र बैंकबाट प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने भएको छ ।
पुर्वमा मेची देखी पश्चिम महाकालीसम्मको शहरी, अर्ध शहरी एवम् ग्रामिण क्षेत्रहरुको १२८ वटा शाखाहरुबाट बैकिंग सेवा पु¥याई रहेको र चालु आर्थिक वर्षमा काठमाडौं उपत्यका सहित १५ वटा शाखा थप सञ्चालनमा ल्याईने योजना रहेको छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा करिव रु. ३२ करोड (एनएफआरएस लेखामान अनुुसार) मुनाफा गर्न सफल रहेको बैंकको करिव ६ लाख भन्दा बढी ग्राहक र मिती २०७५ मंसिर २३ गते निक्षेप करिब ६७ अर्ब र कर्जा लगानी ६२ अर्ब रहेको छ ।