प्रतिस्पर्धाबिनै भीभीआईपीका लागि १ अर्ब ५० करोडको हेलिकप्टर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २, सोमबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष २, काठमाडौं । सरकारले भीभीआईपी राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्रीका लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ ।

नेपाली सेनाले ईटालीमा बनेको १४ सिट क्षमताको अगुस्टा वेस्टल्यान्ड एडब्लु १३९ हेलिकप्टर खरिद गरेको हो ।

ऊक्त हेलिकप्टर सेनाको हवाई उड्डउन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको उडानका लागि चौविसै घण्टा तयारी अवस्थामा स्ट्यान्टबाई राखिनेछ ।

दुई साताअघि मुलुकमा आइसकेको उक्त हेलिकप्टर अझै केही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ ।

खरिद सम्झौताअनुसार आए नआएको अध्ययन गरेपछि उक्त हेलिकप्टर सेनाको हवाई उड्डयान निर्देशनालयले बुझेर आफ्ना अरु हेलिकप्टरसँगै राख्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस