मेलम्ची खानेपानी आयोजनाको निर्माण यथाशीघ्र सम्पन्न गर्छौंः मन्त्रालय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ४, बुधबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष ४, काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको निर्माण यथाशीघ्र सम्पन्न गर्न प्रयासरत रहेको जनाएको छ ।

इटालीको ठेकेदार कम्पनी सीएमसीले काम छोडेको घोषणा गरेपछि विकसित परिस्थितिबारे जानकारी गराउंदै मन्त्रालयले सीएमसीले काम छोडेपनि आयोजनाको काम प्रभावित नहुने गरी समस्या समाधान गर्ने स्पष्ट पारेको हो ।

पछिल्लो ६ महिनाको अवधिमा आयोजना अन्तिम चरणमा पुगेको भन्दै मन्त्रालयले ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको उल्लेख गरेको छ ।

निर्धारित कार्यतालिका प्रभावित नहुने गरी आयोजना सम्पन्न गर्ने भन्दै मन्त्रालयले विकसित परिस्थितिबाट मेलम्ची आयोजनाप्रति कहीं कतै आशंका नगर्न पनि आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस