मेलम्चीको बाँकी काम ‘स्वदेशी ठेकेदारलाई’ !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ५, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्वदेशी ठेकेदारलाई दिएर तत्काल पूरा गर्न विज्ञहरुले सुझाएका छन् । जनविद्युत आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम पूरा गर्न सक्ने बुझाइ उनीहरुको छ ।

पूर्वसचिव एवं आयोजनाका पूर्वप्रमुख सुमन शर्माले ‘हाइड्रो पावर’ को काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने बताए । ‘ठेकेदार कम्पनी सीएमसीलाई दिनुपर्ने र उसबाट लिनुपर्ने मूल्यांकन गरेर अन्योल हटाउनुपर्छ,’ उनले भने, ‘अब टेन्डर प्रक्रिया लामो गर्नुहुन्न । छोटो प्रक्रियाबाट स्वदेशी ठेकेदारलाई दिएर छिटो सम्पन्न गर्नुपर्छ ।’

आयोजनाका पूर्वकार्यकारी निर्देशक रामचन्द्र देवकोटाले ठेक्काबारे नयाँ प्रक्रिया अपनाउँदा करिब ६ महिना लाग्ने भएकाले मन्त्रिपरिषदले तत्काल टुंग्याउनुपर्ने सुझाव दिए ।

आयोजनाका अर्का पूर्वकार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले स्वदेशी ठेकेदारलाई प्याकेजमा काम दिनुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस