पुस ८,काठमाडौँ । ओपन बचत ऋण सहकारी संस्थाको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गएको शनिबार संस्थाको शेयरधनी, शुभचिन्तक लगायतको उपस्थितीमा सहकारीको आठौँ साधारणसभा सम्पन्न भएको हो । साधारण सभामा प्रमुख अतिथीको रुपमा रहेका पुर्व कृषीमन्त्री हरी पराजुलीले मुलुकमा रहेका सहकारीले साँच्चिकै जनताको आर्थिक उन्नतीमा लाग्नुपर्ने बताए । उनले अबका सहकारीले आफ्ना सदस्यलाई उत्पादनमुखी बनाएर लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहकारीको बार्षिक प्रतिवेदन अध्यक्ष सुरेश भुर्तेलले प्रस्तुत गरे । प्रतिवेदन पेश गर्दै अध्यक्ष भुर्तेलले एक बर्षमा सदस्य संख्या ६०२ बाट बढेर ८१५ जना पुगेको बताए । उनले ऋण लगानीलाई सकेसम्म खराब ऋण हुनबाट जोगाउन सावधानीपुर्वक लगानी गर्न प्रयत्न गरिएको बताए । संस्थाको शेयरपुँजी आर्थिक बर्षको अन्त्य सम्ममा २४ लाख ५० हजार ५ सय पुगेको प्रतिवेदनमा उल्लेख छ । निक्षेप संङ्कलन ९२ लाख ३३ हजार ७ सय ७ रुपैया पुगेको छ ।
संस्थाले यस आर्थिक बर्षमा ६५ लाख ६१ हजार पाँच सय ३२ रुपैया ऋण लगानी गरेको छ । संस्थाले साधारण सभाको दिन सम्ममा आईपुग्दा शेयर पुँजी २९ लाख ९० हजार ५ सय पुगेको बताएको छ । यसैगरी बचत १ करोड ९ लाख ३४ हजार १ सय ९३ रुपैया, कर्जा लगानी १ करोड २४ लाख ८५ हजार १ सय ८० रुपैया पुगेको छ ।