नेपाल भारत विद्युत् आदान प्रदान समितिको बैठक नयाँ दिल्लीमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ९, सोमबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

पौष ९, काठमाडौं । मङ्गलबारदेखि नेपाल भारत विद्युत् आदान प्रदान समितिको बैठक भारतको राजधानी नयाँ दिल्लीमा हुने भएको छ ।

बैठकका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबार दिल्ली प्रस्थान गर्ने भएको छ ।

बुधबारसम्म चल्ने बैठकमा इनर्जी बैंकिङ, न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विषयमा छलफल हुनेछ । बैठकमा विद्युत् आदान प्रदानलगायत विषयमा छलफल हुने र बाँकी रहेका विषय ऊर्जा सचिवस्तरीय संयन्त्रमा छलफल हुनेछ । माथिल्लो तामाकोशीलगायत जलविद्युत् आयोजना निर्माण सम्पन्न भए पनि वर्षाको विद्युत् भारतमा पठाएर इनर्जी बैंकिङ गराउने सोचमा सरकार रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् आदानप्रदान समितिको बैठक मङ्गलबारदेखि हुन लागेको र त्यसमा नेपालको चासो विषयमा छलफल हुने जानकारी दिए। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बैठक नियमित कार्यसूचीका आधारमा नै तय भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस