नेपाली कामदार अब जापान जान पाउने, जापानले पारित गर्यो नयाँ नीति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १०, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष १०, काठमाडौं । जापानको मन्त्रिपरिषदले विदेशी कामदार भित्र्याउने नीति पारित गरेको छ । नयाँ नीति बनेसँगै नेपालसहित ९ देशका कामदार जापान जान पाउने भएका छन् ।

आउँदो ५ वर्षमा जापानले नयाँ नीतिमार्फत ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने तयारी गरेको छ । नयाँ कामदार भर्नाको प्रक्रिया भने आउँदो चैत १५ सम्ममा टुँगो लगाउने जापान सरकारले जनाएको छ ।

१४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाईमा विदेशी कामदार प्रयोग गर्ने जापानको तयारी रहेको छ । विभिन्न देशका कामदारलाई सजिलो बनाउन अंग्रेजी, चाइनिज, कोरियन, स्पेनिस, भियतनामिज, थाइ, पोर्चुगिज, इण्डोनेशिएन, नेपाली र टागालग भाषा परिवर्तनका एप्लिकेशन प्रयोगबाट काममा सजिलो बनाउने जापानले तयारी गेको छ ।

नेपालले पनि आवश्यक तयारी थाल्ने श्रम रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले उज्यालोलाई जानकारी दिए । यो विषयमा अब जापानसँग छलफल गरिने पनि उनले जानकारी दिए।

१८ वर्ष पुगेका व्यक्तिलाई रोजगारीमा लैजाने र कुनैपनि दलालको सहारा तथा कुनै रकम डिपोजिट राख्न पनि नपर्ने व्यवस्था गरिने जापान सरकारले स्पष्ट गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस