पौष ११, काठमाडौं । ‘भिजिट नेपाल २०२०’ सफल बनाउन ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट २०१९’ आयोजना गरिने भएको छ ।
बौद्धधर्मसँग सम्बन्धित पर्यटकीय तथा धार्मिकस्थलको पहिचान गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् ९नाट्टा०ले ट्राभल मार्ट सन्चालन गर्न लागेको मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भिजिट नेपाल २०२० सफल बनाउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले सबै क्षेत्रलाई यो अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गरे ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘बुद्धिस्ट सर्किट’लाई कार्यक्रमले ‘गेटवे’कारुपमा विकास गर्न सहयोग गर्ने बताए ।
यस्ता कार्यक्रमले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सकारात्मक र प्रभावकारी बताउनुपर्ने उनले बताए ।
बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट यही पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा हुन लागेको हो ।