कोटेश्वर–कलंकी सडक: मर्मत अवधि शुरु, १ वर्षसम्म समस्या आए निर्माण कम्पनीको जिम्मा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ११, बुधबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष ११, ललितपुर । कोटेश्वर–कलंकी सडकखण्ड निर्माण सकिएपछि आगामी एक वर्षसम्म मर्मतका लागि चिनियाँ कम्पनी संघाई निर्माण सेवा समूहको मर्मत गर्नुपर्ने अवधि शुरु भएको छ । उक्त सडक निर्माणको ठेक्का पाएकोे सो कम्पनीको यही पुस १ गतेदेखि मर्मत अवधि शुरु भएको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौं चक्रपथ सुधार योजनाले बताएको छ ।

उक्त सडकखण्ड निर्माणका लागि सरकारसँग गरेको सम्झौताको म्याद यही डिसेम्बर १५ मा सकिएकोे इञ्जीनीयर निरञ्जन शर्मा अर्यालले बताए । आगामी एक वर्षसम्म यो सडकमा कुनै पनि समस्या आउँदा मर्मतको काम ठेकेदार कम्पनीले नै गर्नेछ । उनले भने, ‘सडक कतै भत्कने कतै कालोपत्रे उक्कनेलगायत कुनै पनि समस्या आउँदा ठेकेदार कम्पनीले नै समाधान गर्नुपर्छ ।’

चिनियाँ सरकारको आर्थिक सहयोगमा उक्त कम्पनीले ४० महीनाभित्र निर्माण गर्ने गरी सम्झौता भएकामा भूकम्प र नाकाबन्दीले काम ठप्प भएकाले सरकारले यो वर्षसम्मका लागि समय बढाएको थियो । नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको यो सडकको कलंकीमा जाम नहुने र ‘अण्डर पास’का कारण सुविधाजनक मानिएको छ ।

यो सडक निर्माण हुनासाथ चीन सरकारले कलंकीबाट महाराजगञ्जसम्मको सडक निर्माणमा समेत चासो देखाएको छ । सडक विभागले अहिले यो सडकको सम्भाव्यता अध्ययन गरिरहेको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस