फास्ट ट्रयाकमा सेनाले माग्यो अतिरिक्त ६८ करोड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १२, बिहिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराईरमधेश दु्रतमार्ग निर्माणमा खटिएका सैनिकका लागि प्रोत्साहन रकमका नाममा अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ।

सेनाले सरकारले वार्षीक बजेटमा छुट्याएको रकमबाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले प्रोत्साहन रकम मागेको छ ।

करिब एक खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना ४ वर्षमा सक्ने लक्ष्य छ।

आयोजनामा खटिने सैनिक व्यक्तिगत जोखिम मोलेर काममा लागेकाले उनीहरुका लागि प्रोत्साहन रकम माग गरिएको सेनाले अर्थ मन्त्रालयमा बुझाएको मागपत्रमा उल्लेख छ।

आयोजना क्षेत्रमा सुरक्षार्थ खटिएका एक हजार तीन सय ३४ सैनिकका लागि दैनिक १ सय ५० रुपैयाँका दरले सेनाले खाजा भत्ता माग गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस