आइतबारदेखि जनकपुर र बुटवलबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १३, शुक्रबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाडौं । आइतबारदेखि प्रदेश नम्बर २ को जनकपुर र प्रदेश नम्बर ५ को बुटवलबाट पनि श्रम तथा रोजगारसँग सम्बन्धी कामहरु हुने भएका छन्।

यी कार्यालयबाट पनि आइतबारबाट पुनः श्रम स्वीकृति म्यानपावर कम्पनी तथा अभिमूखीकरण तालिम दिने संस्थाहरुको अनुगमन र नियमन गर्ने, वैदेशिक रोजगारी सम्बन्धी सूचना जानकारी दिने र गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम हुने छन्।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि सेवा प्रवाह गर्ने तयारी भइरहेको छ । बाँकी रहेका प्रदेशबाट पनि पुनः श्रम स्वीकृति लगायतका काम तत्कालै हुने मन्त्रालयले जनाएको छ।

विदेशस्थित कुटनीतिक निकायबाट पनि दुई पटकसम्म श्रम स्वीकृत लिने व्यवस्था गर्ने प्रयास सरकारले गरिरहेको छ।

यसअघि, काठमाडौँको ताहचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्रै श्रम स्वीकृति दिइन्थ्यो।

ताजा अपडेट

खोजी गर्नुहोस