सरकारले खरिद गर्ने तीन सय विद्युतीय बस प्राधिकरणले संचालन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १५, आईतबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाडौं । सरकारले खरिद गर्न लागेको विद्युतीय बस यातायात प्राधिकरणले संचालन गर्ने भएको छ।

सरकारले यातायात सेवा संचालनका लागि छुट्टै प्राधिकरण गठन गर्ने तयारी गरिरहेको छ। सोही प्राधिकरणले नै विद्युतीय बस संचालन गर्ने भएको हो। उक्त प्राधिकरण सरकारी निजी साझोदारीमा निर्माण हुने छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात सेवा संचालनको कामलाई व्यवस्थित बनाउन सरकारले यातायात सेवा प्राधिकरण गठन गर्न लागिएको जानाकारी गराए। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी वैशाख भित्र ३ सय वटा विद्युतीय बस खरिद गरि संचालनमा ल्याउने योजना अघि सारेका हुन्।

काठमाडौं उपत्यकाको यातायातलाई व्यवस्थित बनाउन मन्त्रिपरिषद बैठकले ३ सय वटा विद्युतीय बस खरिद गर्न स्विकृती प्रदान गरिसकेको छ। मन्त्री महासेठले विद्युतीय बस वैशाख भित्रै खरिद गरी संचालनमा ल्याउने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस