पूर्वपश्चिम रेल मार्गको निर्माण कार्य यस वर्ष भित्रै सुरु हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १६, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष १६, काठमाडौं । सरकारले पूर्वपश्चिम रेलमार्ग ९४५ किलोमिटर चालू आर्थिक वर्षमा नै निर्माण कार्य सुरु गर्ने तयारी सरकारले गरेको छ।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) चालू आव अघि तयार गरी असार मसान्त भित्रै निर्माण कार्य सुरु गरिने भएको हो।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यो रेल मार्ग स्ट्याण्डर विद्युतीय रेल मार्ग निर्माण गरिने छ। रेल मार्ग उच्च प्राथमिकता राखेर काम भैरहेको भौतिक योजना तथा यातायत मन्त्री रघुविर महासेठले बताए।

पूर्व काँकडभिट्टा (झापा) देखि पश्चिम गड्डाचौकी (कञ्चनपुर) सम्म निर्माण हुने उक्त मार्गको निर्माणले देशको विकासमा ठूलो योगदान दिने भन्दै आगामी ४ वर्ष भित्र निर्माण कार्य समेत सम्पन्न गर्ने गरि काम अघि बढाइने उनले जानकारी दिए।

बुटवल—लमही, लमही—कोहलपुर, कोहलपुर–सुख्खड, सुख्खड–गड्डाचौकी गरी चार चरणमा डीपीआर बन्नेछ। लमही–कोहलपुर र सुख्खड–गड्डाचौकी खण्डको रेलमार्गको डीपीआर भने तयार भैसकको मन्त्रालयले जनाएको छ। अन्य दुई चरणको पनि केही महिना भित्र तयार हुने गरी काम भैरहेको मन्त्रालयले जनाकारी गराएको हो।

पूर्व पश्चिम रेलमार्ग ९४५ किलोमिटर मध्ये चुरे पहाडमा भने सुरुङ मार्ग निर्माण गरिने मन्त्री महासेठले जानकारी दिए। भालुवाङ, दाउन्ने र पथलैयामा सुरुङ मार्ग हुनेछ। जसमध्ये सबैभन्दा लामो १६ किलोमिटरको भालुवाङ खण्डको सुरुङ मार्गलाई घटाएर १२ किलोमिटरमा झार्ने गरी डिपिआरको समेत काम भैरहेको छ। यो रेलमार्ग २०० किलोमिटर प्रतिघण्टा रेल गुड्न सक्ने गरी यो मार्ग निर्माण गर्न लागिएको हो।

नेपालमा जयनगर जनकपुरदेखि वर्दिसावाससम्मको मार्गमा भने पहिलो चरणमा रेल संचालन हुने भएको छ। उक्त मार्ग निर्माण भैसककोले सरकारले भारत सरकारसँग रेल खरिदको प्रक्रिया भने अघि बढाएको छ। सरकारले दुई वटा रेल खरिद गर्न लागको हो।

मन्त्री महासेठका अनुसार आगामी १० जनवरी खरिद सम्भौता समेत हुने छ। सम्झौता भएको दुई महिनामा रेल आइसक्ने छ। सरकारले दुई सेट रेल किन्न लागेको हो। पहिलो चरणमा एक सेट र त्यसको तीन महिनापछि अर्को सेट रेल किन्न लागिएको हो। रेल ५० करोड रुपैयाँ भन्दा कम रकमको नै खरिद हुने छ।

भाडामा लिनुभन्दा खरिद गरेरै संचालन गर्दा फाइदा हुने भएपछि यहि मंसिरमा रेल संचालन गर्न भनिए पनि केही ढिलो हुन गएको हो। रेलमार्ग ब्रोडगेज रहेको छ। सरकारले खरिद गर्न लागेको रेल डिजेल मल्टि इलेक्ट्रोफायरिङ रेल हो।

ताजा अपडेट

खोजी गर्नुहोस