सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १९, बिहिबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

 

पुस १९,काठमाडौँ । जनता बैंक र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेड बिच बैंकासुरेन्स (Bancassurance) सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत बिमा सेवा दिने अभिप्राय लेइन्स्युरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनीसँग पनि संझौता भएको हो ।

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफइन्स्यूरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्स सेबा (Bancassurance) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन ।

यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै १२८ शाखाहरुबाटछिटो,छरितो तथा सहज रुपमा जिवन बिमा गर्न सक्नेछन् । साथै शाखाहरुबाटै बिमा लेख प्राप्तगर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस