पौष २१, काठमाडौं । सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बाँस्कोटाले हुलाक सेवासंगै कुरियर सेवा पनि व्यवस्थित गर्ने सम्बन्धमा सरकार गम्भीर रहेको बताएका छन्। शनिबार राजधानीमा आयोजित नेपाल कुरियर सेवा संघको २४औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सो कुरा बताएका हुन्।
‘राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणलाई एकसाथ अघि बढाउने गरी सरकार अघि बढेको छ। आर्थिक रुपान्तरणबाट मुलुकको संमृद्धि र जनताको सुख जोडिएकाले सरकार समाजशास्त्रीय र अर्थशास्त्रीय दुवै दृष्टिले सही छ,’ मन्त्री बाँस्कोटाको दाबी थियो।
राजनीतिक परिर्वतन मात्रै नभई आर्थिक परिर्वतनबाट सामाजिक रुपान्तरण गर्ने लक्ष्यमा सरकार अघि बढेको बताउँदै मन्त्री बाँस्कोटाले राष्ट्रिय स्वभिमानका साथ मुलुकको आर्थिक विकास गर्ने लक्ष्यमा सरकार अघि बढेको बताएका थिए। राष्ट्रिय पूँजी निर्माणमा निजी क्षेत्र संग सहकार्य गरिने समेत उनले बताएका थिए।