नाम राष्ट्रिय गौरवका आयोजना, कामको प्रगति दुःखी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २४, मंगलबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष २४, काठमाडौं । अन्तर्राष्ट्रिय अभ्यासमा ठूला पूर्वाधार आयोजना निर्माण थल्नुअघि पूर्वतयारी गरिन्छ र तोकिएको समयमा सम्पन्न गर्ने परिपाटी छ।

अधिकांश आयोजना ३ देखि पाँच वर्षभित्र सकिन्छ। कारणवश ढिला भए ६ देखि ८ वर्षभित्र पूरा गर्ने प्रचलन छ।

तर नेपालको अनुभव अन्तर्राष्ट्रिय अभ्याससँग मिल्दैन।

अधिकांश आयोजनालाई गौरवको नाम दिएर समयमै र तोकिएकै लागतभित्र पूरा गर्ने भनिएको ७ वर्ष पुगिसेकेको छ।

सरकारको सबैभन्दा वढी निगरानी र अनुगमनमा पर्ने गरेका छन्। संसदिय समितिमा धेरै पटक छलफलको ऐजेण्डा बन्ने गरेका छन्।

सरकारले आयोजनालाई आवश्यक पर्ने श्रोत सुनिश्चित गरेको छ। तर, आयोजना पूरा नभएका मात्र होइनन्, प्रगति लज्जाजनक देखिन्छ। आयोजनाहरुको लागत प्रत्येक वर्ष वृद्धि भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस