यूएई र ओमानसँग पनि शून्य लागतमा श्रम सम्झौता हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौं । श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र यूएईसँग पनि मलेसियासँगजस्तै शून्य लागतमा कामदार पठाउने सम्बन्धमा श्रम समझदारी (एमओयू) गर्ने तयारी गरेको छ।

एमओयूका लागि नेपालले जनवरीभित्र ओमान र यूएईमा प्रारम्भिक अध्ययन र छलफलका लागि प्राविधिक टोली पठाउने तयारी गरेको छ।
नेपालले यूएईसँग यसअघि नै गरेको समझदारीलाई परिष्कृत गरेर अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को अभिसन्धीअनुसार गर्ने र ओमानसँग नयाँ श्रम समझदारी गर्ने गरी योजना बनाएको हो।

यूएई र ओमानअघि कतारसँग श्रम समझदारी हुने भए पनि यी २ देशसँग भने कामदारका विभिन्न सेवा, सुविधा र अधिकारका लागि छलफल गर्ने नेपाल पक्षको योजना छ।

ताजा अपडेट

खोजी गर्नुहोस